काठमाडौं । चन्दागिरि बचत तथा ऋण सहकारी संस्थाले स्मार्ट सापटी सेवा शुरु गरेको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसर पारेर वैशाख ६ गते सो सेवा शुरु गरेको बताइएको छ ।
यस सेवाबाट संस्थाका सदस्यले अत्यावश्यक परेको समयमा कुनैपनि कागजात विना, कार्यालयमा उपस्थित नभई नै स्वचालित रुपमा मोबाईल बैंकिङ सेवाको माध्यमबाट तुरुन्तै आफ्नो खातामा सापटी रकम रुपमा प्राप्त गर्न सक्नेछन् ।
आफ्नो खातामा ब्यालेन्स सकिएको बेला तत्काल कुनै विलको भुक्तानी गर्ने, टपअप तथा रिजार्ज गर्ने, सानो सानो रकमहरु भुक्तानी गर्ने कार्यको लागि खासगरी विद्यार्थी र युवा सदस्यहरुको लागि यो सेवा उपयोगी हुने सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ सरले जानकारी दिए ।
Comments are closed.