आर्थिक आवाज
पोखरा ३० फागुन । दैनिक जसो कुनै न कुनै सडक दुर्घटना हुने पोखराको पोखरा बाग्लुङ सडक खण्ड अन्तर्गत जिरोकिमीदेखि बिन्ध्यवासिनीसम्मको सडक खण्ड सुरक्षित बन्ने भएकोछ । लेन अनुशासन कायम नहुदा उक्त सडक खण्डमा धेरै दुर्घटना हुने गरेको थियो ।
सडक सुरक्षित बनाउने क्रममा रोड मेडियन ब्यारियर राख्न सुरु भएको छ । ९३३ सेमि उचाईको ब्यारिएरल डिभाइजरको काम गर्नेछ । २५ वटा ट्राफिक स्पिड साँकेतिक पोलसमेत पाखिने पोखरा महानगरपालिकाले जनाएको छ ।
सडक फराकिलो भएपनि सडक खण्ड अन्तर्गतको फिर्केको पुल निकै साँघुरो थियो । उक्त पुलको पनि निर्माण कार्य अगाडि बढ्नेछ । बढाइएको छ । सडक विभागले निर्माण कार्य अगाडि बढाएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए ।
Comments are closed.