पोखरा । पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा एलिस सुबेदीको नेतृत्वमा १३ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
जसको उपाध्यक्ष निरज पौडेल, कोषाध्यक्ष प्रतिक्षा बाँस्तोला, सचिव सुशान्त भूषाल, सह सचिव कञ्चन पौडेल र सदस्यहरूमा अदिष सुबेदी, विधान पौडेल, आशिष पौडेल, दिप्रशन शाह, कुञ्जन श्रेष्ठ, सुलभ के. भण्डारी, इभरग्रीन केसी र रोहन क्षेत्री रहेका छन् । त्यसैगरी शिक्षक नायकमा भोजराज ढकाल र सह नायकमा रोशन जिसी र संरक्षकमा विद्यालयका प्रिन्सिपल किरण सापकोटा रहेका छन् ।
नवगठित समितिलाई विद्यालयका प्रिन्सिपल तथा समितिका संरक्षक किरण सापकोटाले बधाई तथा शुभकामना दिँदै उक्त समितिको कार्यकाल सफलतापूर्वक हुनेमा आफू विश्वस्त रहेको बताए ।
त्यसैगरी विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत माध्यमिक तहको अंग्रेजी वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो जसमा सुशान्त भूषाल, एलिस सुबेदी, समाएरा गुरुङ, र रोशनी गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन भने कक्षा एकदेखि कक्षा पाँचसम्म टाई रेस पनि भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानाकारी दिए ।
वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)को प्रमुख आतित्थ्तामा सम्पन्न उक्त कार्यक्रममा बरालले विद्यार्थीहरुको आन्तर्निहित क्षमताको कदर गदै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनुपर्ने बताए ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निमार्णले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने बताए । साथै उनले यही फागुन २६ गते पोखराको सभाहलमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रमा नेपालका ख्यातिप्राप्त मोटिभेटर रवी कटुवालले प्रशिक्षण दिने साथै रचना रिमालको साङ्गीतिक प्रस्तुति रहनेसमेत जानकारी गराए ।
उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रर्दशन गरेका थिए । यसैगरी आइ एन जि गु्रपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेण्ड टिचर नामक गु्रपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबद्र्धक सामग्री प्रस्तुत गरिएको थियो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माइ सेकेण्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम र गण्डकी प्रदेश स्तरीय नाटकमा उत्कृट भएको नाटक ‘राजधानीको यात्रा’ पनि मञ्चन भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
Comments are closed.