पोखरा रोयल साकोस २२औं वर्षमा प्रवेश, कुल वासलात २ अर्ब २५ करोड

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. २२औं वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिकोत्सवको अवसरमा सेयर सदस्य, सहकारी अभियान्ता, नियामक निकाय, विभिन्न सञ्चारमाध्यम तथा सञ्चारकर्मी, सहकारी संघसंस्थाका सहकर्मीहरु, शुभचिन्तक, शुभेच्छुक, सल्लाहकार, विभिन्न उपसमिति सदस्यहरु तथा कर्मचारीहरुप्रति आभार तथा शुभकामना व्यक्त गरेको छ ।

सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ ‘मैना’ र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै २२औं स्थापना दिवसको शुभकामना व्यक्त गरेका हुन् ।सहकारीमा ८ हजार ८ सय जना सेयर सदस्य, २१ करोड रुपैयाँ सेयर पुँजी, १५ करोड ७३ लाख रुपैयाँको जगेडा कोष, विभिन्न कोषहरुमा १२ करोड २७ लाख, बचत निक्षेप १ अर्ब ६२ करोड, ऋण लगानी १ अर्ब ७७ करोड, तरलता रकम ३८ करोड ७९ लाख (२४.४२ प्रतिशत) रहेको छ । सहकारीको कुल वासलात २ अर्ब २५ करोड रुपैयाँ रहेको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

 

 

lcci
You might also like

Comments are closed.