रविको आक्रोश, ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सासंद रवि लामिछानेले नागरिकता बारेमा पटक पटक मुद्दा दर्ता गरिएको भन्दै हैरान भएको बताएका हुन् । पटक पटक नागरिकताका विषयमा आफूमाथि मुद्दा हालिनुले इरिटेट भएको बताउँदै उनले आक्रोश पोखेका हुन् ।

बिहीबार बिहान अफ्नो फेसवुकको वालमा एक स्टाटस लेख्दै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको र यसबाट आफू दिक्क भएको लेखेका हुन् । लामिछानेको नागरिकता सम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा अधिवक्ता युवराज सफलले मुद्दा बुधबार दर्ता गराएपछि रविले यस्तो स्टाटस लेखेका हुन् । आर्कोशित हुँदै उनले लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।’

उक्त सवाललाई स्टाटसमा उनले घण्टी बजाउन मिल्ने मात्र नभइ घण्टीले बजाउन पनि मिल्छभन्दै ४ वटा बुँदामा स्पष्टीकरण दिएका छन् ।

१. सर्वोच्च अदालतको मिती २०७९–१०–१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।

jutta mela

२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए।

४. घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

 

You might also like

Comments are closed.