काठमाडौं । सरकारले पक्की सडक निर्माण गर्दा ढलान हाल्ने नीति अबलम्बन गर्ने भएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले स्वदेशमा उत्पादित सिमेन्टलाई प्रोत्साहन गर्न निश्चित मापदण्डको आधारमा पक्की सडक निर्माण गर्दा ढलान लगाउने नीति अबलम्बन गर्ने बताएका हुन।
त्यस्तै सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा महतले बताए।
घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।
Comments are closed.