त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको बनाइने

काठमाडाै । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८० /८१ को बजेट प्रस्तुत गर्दै बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्दै थप चारवटा रङ्गशाला निर्माण गर्ने बताए ।

बजेटमा विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौँमा सुवर्णशमशेर क्रिकेट रङ्गशाला निर्माण गरिने उल्लेख छ ।

त्यस्तै नेपाल सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताए ।

You might also like

Comments are closed.