सृजना बालगृहलाई लायन्सको सहयोग

पोखरा । सृजना विकास केन्द्रद्धारा स्थापित सृजना बालगृहलाई लायन्स क्लव पोखरा सृजनाले खाद्य सामाग्री सहयोग गरेको छ ।

वि.सं. २०६४ मा द्धन्द्ध पिडीत बालबालिकाको लागी स्थापित बालगृहमा क्लवले २ महिनालाई पुग्ने खाद्य सामाग्री क्लबका संस्थापक अध्यक्ष एवं ड्रिष्ट्रीक डिपार्ट प्रमुख बालकृष्ण बरालले हस्तान्तरण गरेका थिए ।

क्लब स्थापना देखि सामाजिक कार्यहरु गरिदै आएकोमा सामाजिक सस्ंथाद्धारा संचालनमा रहेका बालगृहलाई सहयोग गर्न पाउँदा गौरव लागेको कार्यक्रम संयोजक दिपक तिमिल्सीनाले बताए ।

क्लबका अध्यक्ष जनक बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा, सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, पूर्व अध्यक्ष विश्व बिजुक्छे, बालगृह संयोजक सोमनाथ बराल, क्लबका पूर्व अध्यक्ष जिवन गोर्खाली, पूर्व अध्यक्ष विष्णु तिमिल्सीना, उपाध्यक्ष उमापति ढकाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा केन्द्रद्धारा चैत्र महिनामा सम्पन्न अध्ययन अवलोकनका सहभागीहरुबाट संकलन गरिएको २५ हजार बराबरको सामान भ्रमण कार्यक्रमका संयोजक कृष्णमान ठुसाजुले व्यवस्थापक दिलिप सुवेदी र बाल क्लवका अध्यक्ष मनिता घर्तिलाई वितरण गरिएको थियो ।

You might also like

Comments are closed.