बढ्यो सुनको मूल्य

 

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

jutta mela

तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

You might also like

Comments are closed.