काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको दश महिना विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो ।
यस अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७ दशमलव ६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्त सम्म आइपुग्दा बढेको देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४ दशमलव १ प्रतिशतले वृद्धि भई १३१० अर्ब ६६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०।२ प्रतिशतले वृद्धि भई १५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ६ प्रतिशत रहेको छ ।
Comments are closed.