नयाँ धितोपत्र ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी

काठमाडाैं। नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको छ । आज मंगलबार आज धितो पत्र बोर्डका पदाधिकारीहरुसँग भएको छलफलमा अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गरेको हो ।

संसदको अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको हो ।

यसअघि समितिको २९ जेठको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज नेप्से०लाई निर्देशन दिएको थियो ।

 

You might also like

Comments are closed.