हामी दीगो पर्यटन भन्छौं । १५ सयरदुई हजारमा कोठा बेचेर के दीगो पर्यटन हुन्छ ? जग्गा आनाको दुई करोडमा बेच्ने, कोठा दुई हजारमा बेचिन्छ । मलाई के लाग्छ भने ५० प्रतिशत व्यवसाय फिल्टर हुन आवश्यक छ ।
होमस्टे आत्मघाती प्रोजेक्ट हो । मैले पहिल्यै विकास लम्सालजी पर्यटनमन्त्री हुँदा पनि भनेको थिएँ, ‘यो होमस्टे भन्ने शब्द झिक्नुस् ।’ पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुनुहुन्थ्यो । मलाई जवाफ आयो, ‘त्यस्तो नराम्रो नभन्नुस् । जहाँ यो प्रोजेक्ट चलेको छ त्यहाँ प्रवद्र्धन भएको छ ।’
जुन व्यवसायले लगानीकर्तालाई नाफा दिन्छ त्यो ठिक हो । जुन व्यवसायले स्थानीयलाई रोजगारी दिन्छ, राज्यलाई कर दिन्छ त्यो व्यवसाय ठिक हुन्छ । होमस्टेले नेपालको ब्राण्ड बिगार्छ । पोखराको सेरोफेरोमा कति होमस्टे, होटल, अपार्टमेन्ट छन् । त्यहाँ कतिमा गाँजा तान्नेहरु बस्छन् । अनि हाम्रा साथीहरु मेरो १० वटा कोठा दिनको ३ सयका दरले ३ हजार आउँछ भनेर दंग छन् । भ्याट बिल दिन पनि पर्दैन, केही गर्न पनि पर्दैन । यसरी त राज्य अगाडि बढ्दैन नि ।
पोखरा भनेको ‘हीरा’ हो जुन तपाईंले बेच्नै पर्दैन । अघिल्लो महिना बम्बईको हीरा व्यापारी मेरो रिसोर्टमा दुई रात बसे । अनि मैले उसलाई बिहान हिमाल देखाएँ, ‘ल तिमीसँग पनि हीरा छ, हामीसँग पनि छ । फरक यत्ति हो तिमी तिराएर बेच्छांै, हामी देखाएर बेच्छौं ।’ उसले ताली बजायो । हामी हिमाल देखाएर पर्यटन क्षेत्र बेच्न सक्छौं ।
तपाईंले बाटोबाट हिमाल देखाउनुभयो भने उसले केही पैसा तिर्दैन । होमस्टेबाट देखाउनुभयो भने एक हजार रुपैयाँ देला । पोखराको ६ हजार रुपैयाँका कोठा बेच्ने होटलबाट देखाउनुभयो भने ६ हजार रुपैयाँ तिर्छ । हामी रुपाकोट रिसोर्टबाट हिमाल देखाएर २४ हजार लिन्छौं । अरु ४८ हजार र ९६ हजार रुपैयाँ तिरेर देखाउने ठाउँ पनि छन् । त्यसैले हामीले गुणस्तरीय पर्यटक ल्याउने महत्वकांक्षा हुनुपर्छ । हामी नीति नियम बनाउँछौं तर विदेशको तुलनामा अति खुकुलो छौं । अनुगमन पनि गर्दैनौं । हाम्रा सेवाग्राही पनि मलाई भ्याट बिल चाहिँदैन, ५ सय रुपैयाँ कम गर्दिन भन्छन् । अब कडाइ गर्ने हो भने त्यहीअनुसार बानी पर्दै जान्छ ।
विदेशबाट योजनाकार ल्याएर पोखरालाई भविष्यमा कस्तो सहर बनाउने भनेर अहिल्यै तयारी गर्नुपर्छ । मेट्रो कहाँ हाल्ने, फ्लाइ ओभर कताबाट लैजाने, पार्क कहाँ बनाउने भनेर अहिल्यै सोच्नुप¥यो । हामीले फूल फुलाउनमा जोड दिऔं, मौरी खोज्नमा होइन । फूल फुलाए मौरी स्वतः आउँछन् ।
(कास्कीको रुपाकोट रिसोर्टका सञ्चालक अधिकारीले आर्थिक आवाजले असार १७ गते पोखरामा आयोजना गरेको दीगो पर्यटन र विकास विषयक अन्तक्र्रियामा व्यक्त गरेको विचार ।)
Comments are closed.