शिक्षाआर्जन महत्वपूर्ण र संवेदनशील विषय हो । धेरै विकल्पका बीत विद्यार्थी तथा अभिभावकमा उच्च शिक्षा अध्ययनको लागि कुन विषय रोज्ने भन्ने कुराले सधै सताइरहेको हुन्छ । साउथवेस्टर्न स्टेट सहायक कलेज प्रमुख हरिसिंह केसी सबै विषय आफैमा राम्रो भएपनि विद्यार्थी र अभिभावकले आफ्नो क्षमता, आवश्यकता, रूची लगायतका विषयमा ध्यान दिएर विषय रोज्नुपर्ने बताउँछन् , यी विषयसहित साउथ वेस्टर्न स्टेट कलेजका सन्दर्भमा आर्थिक आवाजका लागि दीपा रेग्मीले सहायक कलेज प्रमुख केसीसँग गरेको कुराकानी :
साउथ वेस्टर्न कलेजलाई कसरी चिनाउनुहुन्छ ?
साउथ वेस्टर्न कलेज विद्यार्थीको रोजाईमा पर्न सफल कलेज हो । १३ वर्षको इतिहासमा कलेजले धेरै कार्यक्रम सञ्चालनमा ल्याएको छ । आइएसओ सर्टिफाइड यस कलेजले प्लस टु मा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल का कोर्ष सञ्चालन गरिरहेको छ । ब्याचलरमा बिबिएम, बिसिए, बिबिएस र बिएसडब्लुका कार्यक्रम सञ्चालनमा छन् भने मास्टर्सअन्तर्गत एमबिएस र एमए (अंग्रेजी) कार्यक्रम सञ्चालनमा छन् ।
साउथ वेस्टर्नका विशेषता के के छन् ?
साउथ वेस्टर्न विशेष भिजन र प्लानसहित अगाडि बढेको कलेज हो । यस कलेजले विद्यार्थीको आवश्यकता र क्षमतालाई ध्यानमा राखेर अध्ययन अध्यापन प्रक्रिया सञ्चालन गरिरहेको छ । विद्यार्थी केन्द्रित नविनतम् विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण गर्दै आएको छ ।
हामी क्वान्टिटीभन्दा पनि क्वालिटी एजुकेसनमा प्राथमिकता दिँदै आएका छौं । १३ वर्ष अगाडि १ सय २९ जना विद्यार्थीबाट शुरु भएको यस कलेजमा अहिले ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी छन् । क्वालिटी एजुकेसन प्रदान गरैकै कारण कलेज विद्यार्थीको रोजाईमा पर्न सफल भएको हो ।
कलेजमा विद्यार्थीले कस्ता कस्ता सुविधा पाउँछन् ?
हाम्रोमा अत्याधुनिक सुविधा सम्पन्न आइटीवेसका कक्षाकोठा रहेका छन् । प्राक्टिकलका लागि ल्याव, अध्ययनका लागि लाइबे्ररीको सुविधा छ । अनुभवी, दक्ष र प्रविधिमैत्री शिक्षक छन् । पढाईसँगै विद्यार्थी सबै कुरामा सक्षम हुनुपर्छ भनेर सोही अनुसारको वातावरण तयार गरेका छौं । शिक्षा ज्ञानमुखी, अनुसन्धानमुखी र समाजमुखी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसलाई पूरा गर्ने कुरालाई हामीले प्राथमिकता दिँदै आएका छौं । हामीले मेडिकल, इन्जिनीयरिङ, कृषि, सिए, सिम्याट लगायतका तयारी कक्षा सञ्चालन गर्छौं, जसले विद्यार्थीलाई कसरी अध्ययन अगाडि बढाउने भन्ने कुरामा सहज बनाउँछ ।
अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई कसरी सहभागी गराउँदै आउनुभएको छ ?
विद्यार्थीको सहभागिता रहने गरी कलेजमा विभिन्न क्लब पनि गठन भएका छन् । कलेजमा विभिन्न अतिरिक्त क्रियाकलाप तथा गतिविधि सञ्चालन हुने गरेका छन् । यसले विद्यार्थीको क्षमता प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेलेको छ । विद्यार्थीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका टुर प्याकेज, देशमा रहेका विभिन्न कार्यालयमा लैजान्छौं, विभिन्न स्थानमा इन्टर्नसिपको लागि पठाउँछौं । नैतिक शिक्षा, नागरिक शिक्षाबारे ज्ञान दिन्छौं ।
अहिले विद्यार्थीलाई धेरै विषय रोज्ने विकल्प छन्, सही विकल्प कसरी छान्ने ?
अध्ययनका लागि विषय छनोट गर्न विद्यार्थी साथै अभिभावक पनि कन्फ्युजनमा पर्ने गर्नुभएको छ । विद्यार्थीको क्षमता, इच्छा, चाहना, आर्थिकस्तर अनुसारको विषय छनोट गर्नुपर्छ । विद्यालय तहमा नै विद्यार्थीलाई कुन विषय अध्ययन गर्दा कस्तो हुन्छ, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा त्यसको स्कोप कस्तो छ भन्ने कुरा जानकारी गराउनु आवश्यक हुन्छ ।
एसईई पछि के विषय अध्ययन गर्ने, कुन कलेजमा अध्ययन गर्ने भन्ने दोधारमा विद्यार्थी पर्ने गरेको पाइन्छ । विद्यार्थीले नेपालमा अध्ययन गर्दा पढ्ने विषय प्रायः उस्तै छन् तर कलेज भने फरक छन् । कुन कलेज कस्तो छ, त्यसको इतिहास कस्तो छ, भौतिक संरचना तथा सुविधा, अध्यापन गराउने शिक्षक तथा प्राध्यापक सबैकुरा हेर्नुपर्छ । साउथवेस्टर्न स्टेट कलेजमा विद्यार्थीले खोज्ने तथा विद्याथीलाई आवश्यकपर्ने सबै कुरा उपलब्ध छन् भन्ने मलाई लाग्छ । नेपालमा नै अध्ययन गरेर आफ्नै देशमा केही गर्न चाहन्छु भन्ने विद्यार्थीको लागि साउथवेस्टर्न स्टेट कलेज उत्कृष्ट गन्तव्य हो । सबै विषय राम्रा छन् र आफ्ना आफ््ना विशेषता हुन्छ । आफूले जुन विषय अध्ययन गरेको छ सो विषयमा अब्बल हुनसक्नुपर्छ ।
Comments are closed.