परिमार्जित फोर्ड फिगो नेपाली बजारमा

काठमाडौं । फोर्डको २०१९ संस्करणको परिमार्जित फोर्ड फिगो नेपाली बजारमा उपलब्ध भएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । फोर्ड फिगो एम्बिएन्टको मूल्य २४ लाख ९९ हजार, टाइटानियमको मूल्य २७ लाख ९९ हजार र टाइटानियम एटीको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी डिजेल इन्जिनयुक्त फिगो एम्बिएन्टको मूल्य २७ लाख ९९ हजार र टाइटानियमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ फिगोमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टेरियर छ ।

नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १।२ लिटर पेट्रोल र १।५ लिटर डिजेल इन्जिनका साथ उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

आफ्नो श्रेणीकै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टिभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम यसमा उपलब्ध छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुने बताइएको छ । नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरादायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयरब्याग राखिएको छ । यसका साथ सुरक्षालाई अझ सशक्त बनाउन एबीएस, ईएसपी आदि उपलब्ध छ ।

You might also like

Comments are closed.