मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ

पोखरा, चैत १४
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर िजल्लाको महेन्द्रनगर तथासुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्र नगरशाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए । शाखा कार्यालय समुद्घाटनमा बिष्टले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धन र प्रगतिको शुभकामना दिए।वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाकाउप–मेयर मोहनमाया ढकाल भण्डारीले गरिन् । शाखाकार्यालय समुद्घाटन उनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको बताइन् । साथै आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल होस भन्ने शुभकामना व्यक्त गरिन् ।

शाखाकार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथविकास बैंक लि. देशैभरी अनौपचारीक रुपमा देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाखग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवाप्रदानगर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

You might also like

Comments are closed.