आफ्नो कारोबार आफै मिलाउने जसुदाको प्रतिबद्धता, गल्ती गरेको भन्दै मागिन् माफी

आर्थिक आवाज
पोखरा, २० चैत । विभिन्न व्यक्तिहरुको तिर्नुपर्ने रकम नतिरी सम्पर्क बिहीन भएको आरोप लागेकी पोखराकी जसुदा पौडेलले आफू सम्पूर्णसँग सम्पर्कमा रहेको बताएकी छन् । सम्पर्क बिहीन भएको भनेर समाचार आएपछि आक्रोशमा सञ्चारमाध्यम विरुद्ध बोलेको भन्दै उनले क्षमासमेत मागेकी छन् । ‘बिगत केही दिनदेखि घरपरिवारसँग सम्पर्कमा नरहनु गल्ती थियो,’ उनले भनेकी छन् ।

आफूले तिर्नुपर्ने रकमसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुसँग आफू नियमित सम्पर्कमा रहेको उनले विज्ञप्तिमार्फत बताएकी छन् । आवेश तथा बहकाउमा आएर पूर्वपतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेको स्वीकार गर्दै उनले उक्त उजुरी पनि फिर्ता लिएको बताइन् । आफ्नो कारोबार भएका व्यक्तिसँग नियमित सम्पर्कमा रहेको भन्दै उनले आफ्नो नाममा रहेको सम्पत्ति तथा व्यवसाय, माइती, साथीभाइ तथा आफन्तको साथबाट मिलाउने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

You might also like

Comments are closed.