काठमाडौं । उद्योग व्यवस्थापनको क्षेत्रमा लामो अनुभव संगालेका उद्योगी बावुराम पन्त औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् ।
पोखराका उद्योगी पन्तलाई शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अध्यक्ष नियुक्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा पन्तलाई सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष नियुक्त भएपछि प्रतिक्रिया दिदै पन्तले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म नेपालको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफूले राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘औद्योगिक विकास बिना मुलुकको समृद्धि सम्भव छैन,’ उनले भने, ‘समुन्नत अर्थतन्त्रका लागि औद्योगिक क्षेत्रको व्यवस्थापन र विकासमा जोड दिन आवश्यक छ ।’
पदपूर्ति सिफारिस समितिको बैठकले अध्यक्ष नियुक्त गर्न पन्तलाई एकल सिफारिस गरेको थियो । दरखास्त आह्वानमा उनले सबैभन्दा बढी अंक प्राप्त गरेको बताइएको छ ।
Comments are closed.