काठमाडौं । कामना सेवा विकास बैंक र एटीक ग्रुप प्रा.लि। बीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका –३० ज्ञानेश्वर स्थित एटीक रेष्टुरेण्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
Comments are closed.