ब्युटिपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको साधारणसभा सम्पन्न

पोखरा । ब्युटिपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको साधारणसभा सम्पन्न भएको छ । तीनवटै समितिले आइतबार संयुक्त साधारणसभा आयोजना गरेका हुन् ।

‘आर्थिक समृद्धिका लागि सौन्दर्य पेशा आजको आवश्यकता’ मूल नाराका साथ साधारणसभा सम्पन्न भएको ब्युटिपार्लर एसोसिएसन गण्डकीका महासचिव बबिता केसी कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीकी अध्यक्ष तथा वरिष्ठ सौन्दर्यकर्मी चिनु गुरुङले ब्युटिसियनहरु दैनिक केमिकलसँग खेल्नुपर्ने भएकाले यसको प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । हेयर स्ट्रेटमा प्रयोग हुने केमिकलहरुको प्रयोग गर्दा प्रक्रियामा ध्यान दिन र सेवाग्राहीलाई समान मूल्यको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।

एसोसिएसनका गण्डकी प्रदेश अध्यक्ष रुपकला श्रेष्ठ, कास्कीका अध्यक्ष सुस्मा गुरुङ र लेखनाथ इकाई अध्यक्ष टीका पुन, कार्यक्रममा अतिथिहरु अधिवक्ता गीता आचार्य, नेवा पत्रकार पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठ, सिप विकास तालिम केन्द्रका प्रशिक्षक यमकुमारी राना, एसोसिएसन बागलुङ सल्लाहकार सोमना साक्य, स्याङजाका सल्लाहकार दुर्गा अर्याल थापा, लेखनाथ इकाई सल्लाहकार इन्दिरा रोका लगायतले बोलेका थिए । तीनै वटा संस्थाको प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका एक जना सदस्यलाई पार्लरमा आवश्यक जिन्सी सामग्रीसमेत संस्थाले साधारणसभाको अवसरमा सहयोग गरेको छ । नयाँ सदस्यहरुलाई स्वागत तथा प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

साधारणसभामा गण्डकी प्रदेशका जिल्लाहरुबाट प्रतिनिधिहरु सहभागी थिए । साधारण सभाको अवसर पारेर ब्युटिसियन पेशामा आबद्ध व्यवसायीहरुलाई प्रोत्साहन स्वरुप ब्युटिसियन पेशासम्बन्धी जिन्सी सामानहरु हस्तान्तरण गरिएको थियो ।

You might also like

Comments are closed.