काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष छुट पाउन सकिने भएको छ । नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाइल्स प्रा.लि.ले चाडपर्र्व अफर ल्याएको हो ।
कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै दसैं, तिहार र छठलाई मध्यनजर गरी ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको हो ।
स्किम अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्यांकनको सुविधा पनि प्राप्त हुनेछ । वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि समेत कम्पनीले जनाएको छ ।
स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
बिएस६ इन्जिनका साथै सेप ट्क्नोलोजी, पावर, स्टाइल र कम्फर्ट, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर सुजुकी सुजुकी मोटरसाइकल तथा स्कुटर रहेको कम्पनीले जनाएको छ ।
Comments are closed.