सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः टुल्कनाथ आचार्य निर्वाचित भएका छन् । सहकारीको १७ औं साधारणसभा एवम् दास्रोे अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।
त्यसैगरी समितिको उपाध्यक्षमा यज्ञ प्रसाद आचार्य, सचिवमा दीपक बानिया, सहसचिवमा शान्ता देवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल चयन भएका छन् ।
सदस्यहरूमा गोपिराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दरमणि दाहाल, योगराज अधिकारी, ध्रुबबहादुर थापा क्षेत्री, अञ्जु अधिकारी थापा, गोपबहादुर बानिया चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा शुसिल पौडेल रसदस्यमा केशवराज आचार्य र सागरमणि भण्डारी छन् ।
अधिवेशनका लागि कृष्णप्रसाद तिवारीको संयोजकत्वमा मेघमणि अधिकारी र आनन्द पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिवारी, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, सल्लाहकार एवम् पूर्व अध्यक्ष शिवदत्त तिवारी लगायतले टिका तथा माला तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
समितिका अध्यक्ष टुल्कनाथ आचार्यले शेयर सदस्यको भावनालाई आत्मसात गर्दै सहकारी अघि बढीरहेको बताउँदै आर्थिक अनुशासन कायम गराउने कुरामा संस्था प्रतिवद्ध भएको बताए ।
Comments are closed.