आईसिटी सहकारीको साधारण सभा सम्पन्न

पोखरा । आईसिटी सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमूख आतिथ्यता र सहकारीका अध्यक्ष सवि शेरचनको अध्यक्षतामा साधारण सभा भएको थियो ।

कार्यक्रममा बोल्दै तिवारीले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई हटाएर समस्या र चुनौतिलाई सामना गर्दै अगाडी बढ्नुपर्ने बताए । सुचना संचार र प्रविधिको क्षेत्रमा टेवा पुर्याउने खालका परियोजनामा सहकारीलाई पोखरा महानगरपालिका सहकारी समितिको साथ र सहयोग रहने पनि बताए ।

धेरैजसो सहकारीमा तरलता अभावको समस्या देखिएपनि आईसिटी सहकारीमा समस्या नदेखिएको र सहकारीको कारोबार पनि पारदर्शी रहेको सहकारीका अध्यक्ष सवि शेरचनले बताईन् । साथै सहकारीमा ढुक्क भएर कारोबार गर्न सदस्यत तथा बचतकर्तालाई उनले आग्रह गरेकी छन् ।

सहकारीको वार्षिक साधारण सभाको अवसरमा संसथामा उत्कृष्ट कारोबार गर्ने २ जना सदस्य, वाल बचतकर्ता तथा सदस्यका छोराछोरीलाई शैक्षिक एवं पदोन्नती सम्मान पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार इविन्द्र तिवारी, गुणनिधी पाण्डे, चण्डीप्रसाद अर्याल, फ्रेम उद्योग व्यवसाय संघका अध्यक्ष कोपिला श्रेष्ठ लगायतले बोलेका थिए भने साधारण सभाको संचालन सचिव विश्व प्रधान, र स्वागत उपाध्यक्ष दुधमान गुरुङले गरेका थिए ।

lcci
You might also like

Comments are closed.