प्राइम कमर्सियल बैंकको लेकसाइड शाखा कार्यालय स्थानान्तरण

पोखरा । प्राइम कमर्सियल बैंकको पोखरा महानगरपालिका ६, लेकसाइडमा सञ्चालित लेकसाइड शाखा कार्यालय स्थानान्तरण भएको छ ।

हालको स्थानबाट करिब ८० मिटर उत्तरपूर्व हल्लन चोक जाने बाटोतर्फ सोही वडा नं. ०६, लेकसाइडमा असोज १४ गतेदेखि स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार नयाँ स्थानबाट सञ्चालन भएको बैंकले जनाएको छ ।

बैकिङ सेवा लिनका लागि बैंकले सम्पुर्ण ग्राहक तथा सर्वसाधारणलाई नयाँ स्थानमा आउन आग्रह गरेको छ ।

 

You might also like

Comments are closed.