समावेशी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः सीता गुरुङ

पोखरा । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।

पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको आज सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रञ्जन कुमार बुद्धाचार्य, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा सीता अधिकारीलाई निर्विरोध चयन गरेको छ ।

यस्तै सदस्यहरुमा कल्पना थापा, ईन्दु भट्टराई, विजया गुरुङ, ज्ञानु शाक्य, पारस कुमार गुरुङ, पुरुषोत्तम श्रेष्ठ र रामप्रसाद श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन मण्डलमा संयोजक ध्रुवसिंह खड्का, सदस्य भीम कुमारी गुरुङ र सन्जय श्रेष्ठ रहेका थिए । संयोजक खड्काका अनुसार लेखा समितिको संयोजकमा रामप्रसाद अधिकारीलाई चयन गरिएको छ । सदस्यमा पदम कुमारी गुरुङ र लक्ष्मी शर्मा रहेका छन् ।

नवनिर्वाचित समितिले केहि समयपछि ऋण उप समिति र शिक्षा उपसमितिका संयोजक र सदस्यहरु मनोनयन गर्नेछ । कार्यक्रममा सचिव जीवन अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रगति विवरण, कोषाध्यक्ष सीता अधिकारीले प्रस्तुत गरेको आर्थिक, लेखा परिक्षण प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ ।

सोहि अवसरमा अनुशासित बचतकर्ता सम्मान सरस्वती अधिकारीलाई, उत्कृष्ट बचतकर्ताको सम्मान बादल ग’रुङलाई, जेष्ठ नागरिक रुद्रप्रसाद तिमिल्सिनालाई सम्मान गरिएको छ । कार्यक्रममा दुई नयाँ सेयर सदस्य रक्षा अधिकारी र कशुम कतिलालाई सेयर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले केहि सहकारीहरुले राम्रो काम गर्न नसकेका र कमजोरी भईरहेका कुराहरु आईरहेको बेलामा समावेशी बचत तथा ऋण सहकारीले राम्रो काम गरेको र सेयर सदस्यहरुलाई अधिक्तम लाभांश बाँढ्न सकेकोमा आभार व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष सीता गुरुङले १६औं साधारण सभासम्म संस्थालाई सहजै ल्याई पुर्याउन सेयर सदस्यहरु तथा समितिको भूमिका महत्वपूर्ण रहेको बताईन्। संस्थामा नियमसंगत ढंगले अगाडी बढ्दा र पारदर्शि भईयो भने समस्या नआउने बताईन् । सहकारीकर्मिहरु इमान्दार हुनुपर्छ, अध्यक्ष गुरुङले भनिन्, हाम्रो टीमको मेहनतको कारण हामीले १९ प्रतिशतसम्मको लाभांश दिन सक्षम भयौं ।

सोहि अवसरमा उनले पोखरा पनि डेङ्गीको जोखिम बढेकोले वडामा यसको रोकथामका लागि वडाध्यक्षलाई सुझाईन । उनले सरकारले हाम्रा छोराछोरीलाई विदेशमा नपठाई नेपालमै कमाउने, काममा लगाउने र पढाउने वातावरण तयार गर्न माग गरिन् ।

पूर्व सभासद शारदा पौडेल, मनपति भण्डारी, रामप्रसाद अधिकारी, रुद्रप्रसाद तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्दै महिला नेततृत्वमा रहेको समावेशी सहकारी नमूना सहकारी भएको बताए ।

सचिव जीवन अधिकारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष सीता गुरुङले गरेकी थिईन् ।

 

lcci
You might also like

Comments are closed.