गोर्खाज फाइनान्स ३०औं वर्षमा, रक्तदान कार्यक्रम सम्पन्न, भिसा डेविट कार्ड सार्वजनिक

काठमाडौं । गोर्खाज फाइनान्स स्थापनाको २९ वर्ष पुरा भइ ३०औं वर्षमा प्रवेश गरेको छ । २९औं वार्षिकोत्सवको अवसरमा फाइनान्सले बिहीबार केन्द्रीय कार्यालय चारखाल डिल्लीबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा ४३ जनाले रक्तदान गरेको बताइएको छ ।

वार्षिकोत्सवको अवसरमा फाइनान्सका अध्यक्ष डेकेन्द्र कुमार राईले सम्पूर्ण लगानीकर्ता, सरोकारवाला, बचतकर्ता, कर्मचारी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच फाइनान्सले भिसा डेविट कार्ड सञ्चालनमा ल्याएको छ । अध्यक्ष राईले शुक्रबार एक कार्यक्रमबीच भिसा डेविट कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।

वार्षिकोत्सवकै सन्दर्भमा फाइनान्सको नारायणगढ शाखाले लकर सेवा सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । राष्ट्रियस्तरको गोर्खाज फाइनान्सको शाखा सञ्जाल देशभर सातै प्रदेशमा गरी २६ वटा छन् ।

You might also like

Comments are closed.