पोखरा । पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्वाचितभएका छन् ।
संस्थाको हालै सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । समिति उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा रहेका छन् । सञ्चालक समिति सदस्यमा धनेश्वर अधिकारी, विष्णुप्रसाद सुवेदी, कृष्णकुमार खड्का, सुलोचना देवकोटा र शान्ति भट्टराई खनाल चयन भए । लेखा सुपरीवेक्षण समिति संयोजकमा केशवराज अधिकारी दोहोरिए भने सदस्यमा किशोर अधिकारी र भरत आचार्य चयन भए । यसअघि संस्थाको साधारणसभा उद्घाटन पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गर्दै आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रमुख अमृत श्रेष्ठ, लेखा समिति संयोजक केशवराज अधिकारी, सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्की, सेयर सदस्य द्रोणराज भूर्तेल, लेखा परीक्षक सिए अनिल लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारी अध्यक्ष ठाकुरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सञ्चालन सचिव सञ्जय पौडेलले गरेका थिए । साधारणसभामा सचिवको प्रतिवेदन सञ्जय पौडेल, कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद अधिकारी तथा लेखा समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक केशवराज अधिकारीले प्रस्तुत गरे ।
Comments are closed.