FINPOS कारोबारमा अब Sound प्रविधि पनि

काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक POS मेसिनमा Instant Payment Notification  प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

नेपालभरका FINPOS ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (क्यगलम) बाट पनि भुक्तानीको सुचना दिने गरी  बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब  बैंकका FINPOS मर्चेन्टहरुले Card , QR(Nepal Pay वा FonePay)M-Smart NFC मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी (Sound) मार्फत हुने बैंकले जनाएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

यस सुविधाबाट बैंकका हजार भन्दा बढी FINPOS POS  राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।
बैंकले नगदरहित बैकिङलाई बढावा दिदैं पहिलो डिजिटल”Smart Bank” को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.