नेपाली बजारमा रोका र पेरिवेयरको माग बढ्दै, पोखरामा पनि शोरुम संचालनमा

पोखरा, ५ बैशाख
बाथरुम सामग्रीहरुको बजारमा विश्वव्यापीरुपमै अग्रणी ब्रान्ड रोका ग्रुपले नेपाली वजारमा आफ्नो व्यापारलाई वलियो बनाउदै बजार विस्तारका क्रममो काठमाडौं, पोखरा र बुटवलमा शोरुम संचालनमा ल्याएको छ । रोका र पेरीवेयरका चार वटै शोरुमको कम्पनीका प्रवन्ध निर्देशक केइ रंगनाथले उद्घाटन गरेका हुन् । व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।

पोखरामा पनि कम्पनीले बुधवार एक कार्यक्रम गरी पोखरा ८ सृजनाचोकमा मा रहेको मारुती ट्रेड लिङ्कमा रोका र जिरो कि मी मा रहेको पिराज ट्रेड कन्सर्नमा पेरिवयरको शोरुम संचालनमा ल्याएको छ । पोखरा तथा आसपासको ग्राहकलाई मध्यनजर गरेर पोखरामा शोरुम संचालन गरिएको हो । शोरुममा पेरीवेयरका प्रिमियम वाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापीस्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । रोका ग्रुपको पेरीवेयर भारतको नम्बर एक सेनेटरीवेयरको व्राण्ड हो । बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी सोरुमहरुमा दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम फर्निचर लगायतका सामग्रीहरु उपलब्ध छन् । कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाँ रेन्जहरु कार्मेन, वियोण्ड र इनसिग्नया समेत भित्र्याउने क्रममा रहेको जनाईएको छ ।

सोरुमको उद्घाटन गर्दै प्रवन्धनिर्देशक केइ रंगनाथले भने “तीब्र रुपमा बिस्तार भइरहेको नेपाली बजारमा उत्कृष्ट बाथरुम सामग्रीहरु भित्र्याउन कुनै कसर बाँकी राख्ने छैनौं ।” रोकाको उत्कृष्ट उत्पादनहरुको रुपमा रहेका फाइन सेरामीक, सुप्रलिट र सर्फेक्स जस्ता सामग्रीहरु पनि नेपाली बजारमा ल्याउने तयारीमा रहेको उनले बताए । नेपालको उत्कृष्ट शहरभित्र पर्न सफल २५० डिलर र रिटेलरको सन्जाल रहेको रोकाले भविष्यमा अझै संचनात्मक सोलुसनहरु निकाल्ने छ । धेरैको मन जित्दै हाम्रा सामग्रीहरु याक एन्ड यती, र्याडिसन, अतिथी रिसोर्ट, आगन्तुक रिसोर्ट, चन्द्रागिरी हिल्स, वेडब्लु मेरियट एन्ड फेयरफिल्ड मेरियट, अलोफ्ट होटललगायतका आवसीय र हस्पिटालीटीहरु उद्योगहरुलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीको दावी छ ।

पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । रोका भारतको फ्ल्यागसीप ब्रान्डको रुपमा रहेको छ । रोका ग्रुप स्पेनको ठुलो र प्रतिष्ठत कम्पनी हो । रोकाको आर एन्ड डि प्रविधी, विज्ञता र पेरीवेयर माथि ग्राहकको विश्वासका कारण नै यसको भारतीय बजार सबल हुदै गइरहेको छ । ६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाँ जीवनशैली सँग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरीवेयर नयाँ नयाँ उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् ।

बाथरुम सामाग्रीको क्षेत्रमा डिजाइन, उत्पादन र बजारीकरण गर्ने कार्यमा रोका संलग्न छ । साथसाथै आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको क्षेत्रमा सेरामिक फ्लोर,टायल र वालटायलहरु पनि रोकाका उत्पादनहरुमा संलग्न रहेका छन् ।

You might also like

Comments are closed.