राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको उपस्थिति उत्साहजनक

दिलीप श्रेष्ठ, कार्यसमिति सदस्य, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । पुस १ गते आइतबार सम्पन्न हुने मेलाको अन्तिम संघारमा हामी आएका छौं । मेला समापनको नजिक आइपुग्दा हामीले अपेक्षा गरे भन्दा बढी दर्शकको उपस्थिति रह्यो । जुन हाम्रो लागि उत्साहको कुरा हो । यसपटकको मेला भव्य र शभ्य बनेको हामीले समिक्षा गरेका छौं । सबैको साथ र सहयोगबाट मेला सफलता उन्मुख भएको हो ।

मेलालाई हामीले व्यापार गर्ने स्थलको रुपमा मात्र नभई व्यवसाय प्रवर्द्धनको स्थलका रुपमा विकास गर्न सफल भयौं । मेला स्थलको स्टलमा सामान हेरेर मन प¥यो भने सम्बन्धित कम्पनी वा शोेरुममा गएर किन्न पनि सकिन्छ भन्ने सन्देश दिन सफल भएका छौं । कतिपय सामान मेला स्थलमा नै लोकप्रिय भएको र किन्नेहरुको आकर्षण देखिएको पाइएको छ ।

यस पटक हामीले स्टललाई पनि विशेष तरिकाले क्याटागोराइज गर्यौं । स्थानीय उत्पादन तथा हस्तकलालाई विशेष महत्व दिएका छौं । कतिपय कम्पनीले मेसिन नै राखेर सामान उत्पादन गर्ने तथा उद्यमी बन्न चाहनेका लागि सिकाउने व्यवस्था पनि मिलाएकाले थप आकर्षण बनेको छ । यसले उद्यमशीलता विकासमा सकारात्मक सहयोग पुगेको विश्वास गर्न सकिन्छ ।

मेला पोखरा उद्योग वाणिज्य संघको मात्र नभएर सबैको अपनत्व रहने स्थल हो । यसलाई सफल बनाउन सबैजनाको साथ र सहयोग महत्वपूर्ण रह्यो । आगामी दिनमा पनि सबैको साथ र सहयोग मिल्नेमा हामी विस्वस्त छौं । पोखरासहित समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधि बढाउन मेलाले सकारात्मक योगदान गरेको छ ।

कुराकानीमा आधारितः

lcci
You might also like

Comments are closed.