नेपालगन्ज, ८ वैशाख
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पौडी तर्फ आर्मीकी गौरीका सिंह सहित तीन जनाले नयाँ राष्ट्रिय रेकर्ड तोडेका छन् । एपिएफले भने दुई वटा रेकर्ड तोड्न सफल भएको हो ।
नेपालगन्ज स्थित एक होटलको पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा एपिएफका शुभम श्रेष्ठ र तेन्जीङ एन.आर. गुरुङले नयाँ रेकर्ड तोड्दा भित्रुवन आर्मीकी गौरीका सिंहले पनि रेकर्ड तोड्न सफल भएकी हुन् । त्रिभुवन आर्मीकी गौरीका सिंहले आफ्नै नाममा रहेको रेकर्डमा सुधार गरेकी हुन् । ५० मिटर व्याक स्ट्रोक महिला तर्फ उनले ३०ः८५ सेकेण्डमा उक्त दुरी पार गरी रेकर्ड तोड्न सफल भएकी हुन् । उनले यस अघि उक्त दुरी ३१ः२२ सेकेण्डमा पार गरेकी थिइन् । आइतबार देखि सुरु भएको पौडी प्रतियागितामा पहिलो दिनको खेलमा आर्मीैले ४ स्वर्ण, एपिएफ र एनआरएनले समान दुइ स्वर्ण पदक जितेका हुन् ।
एपिएफका श्रेष्ठले पुरुष एक सय मिटर व्रेसस्ट्रोकमा आफ्नै नममा रहेको रेकर्ड तोड्न सफल भएका हुन् । उनले १ मिनेट ८ः३४ सेकेण्डको रेकर्डलाइ १ मिनेट ८ः१५ सेकेण्डमा दुरी पार गरी आफ्नो रेकर्डमा सुधार गरेका हुन् ।
त्यसै गरी एपिएफकै ५० मिटर व्याक स्ट्रोकमा गुरुङले मिराज प्रजापतीको नाममा रहेको रेकर्ड तोड्न सफल भए । प्रजापतिले उक्त दुरी ३४ः१३ सेकेण्ड पार गरेको रेकर्ड कायम भएकोमा गुरुङले ३२ः८१ सेकेण्डमा उक्त दुरी पार गरी नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।
Comments are closed.