किरियापुत्री भवनलाई २५ हजार सहयोग

तनहुँ , ११ वैशाख ।
व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । भवनका लागि व्यास नगरपालिका–७ क्यामिन छापथोक घर भई हाल रत्ननगर नगरपालिका–१० दूरसञ्चार रोड टाँडी निवासी पुण्यप्रसाद अधिकारीले २५ हजार १ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।

स्वर्गीय पिताको जन्म एवं कर्मथलोमा निर्माणाधीन किरियापुत्री भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको अधिकारीले बताए ।  उक्त रकम अधिकारीले भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्साल र सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।

भवन निर्माण समितिका संयोजक लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.