जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

पोखरा । जनवरी १ अर्थात पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यहि पौष १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिएका छन् ।

स्वस्फुर्त रुपमा नेपाली युवाहरुले बिगत १० वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेका छन्। नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको छ ।

नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ, महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.