ओमको मेरो बचत खाता, मेट्रो स्मार्ट कार्ड सित्तैमा, बैंकले राखिदिनेछ १ सय रुपैयाँ

आर्थिक आवाज
पोखरा, १२ वैशाख । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १०० रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्नेछ बैंकले जनाएको छ । बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ ।

बैंकले केही दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस ब्यवसायी समिति र ए्न क्लाउड प्रा.लि.संग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड राख्ने बिषयमा चारपक्षीय सम्झौता गरेको थियो । सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाइट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निःशुल्क स्मार्ट कार्ड बितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

You might also like

Comments are closed.