पोखरा । पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जनवरी १ मा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले युवाहरूको नेतृत्व बिकासमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए । संसारका विकसित देशहरूले युवाहरूलाई नेतृत्व लिनलाई प्रोत्साहन गरेको बताउँदै देशको चौतर्फी विकासमा युवाहरूको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका सभापति बिमला भण्डारी, पर्यटन परिषद कास्कीका अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष सुचित्रा थापा, पोखरा जेसीजका पुर्व अध्यक्ष ईश्वर प्रसाद कर्मचार्य, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर रबिन्द्र गुरूङ, गण्डकी प्रदेश च्याम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार लगायतलेबोलेका थिए भने कार्यक्रमको सभाध्यक्षा पोखरा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी गणेश गिरीले गरेका थिए । उक्त कार्यक्रममा पोखरा जेसीज बर्ष २०२३ का अध्यक्षले बर्ष २०२४ का निर्वाचित अध्यक्ष देबराज शर्मालाई पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष शर्माले आफ्नो सञ्चालक समितिलाई सपथ खुवाएका थिए ।
सपथ ग्रहण पश्चात् २०२३ का अध्यक्ष गणेश गिरीले २०२४ अध्यक्ष देबराज शर्मालाई अध्यक्षीय पिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा पोखरा लेडी जेसीजका बर्ष २०२३ का अध्यक्ष लक्ष्मी कुँवर थापा लताले २०२४ का अध्यक्ष गायत्री फुयाललाई सपथ खुवाएकी थिइन् भने वर्ष २०२४ का अध्यक्षले आफ्नो सञ्चालक समितिलाई सपथ खुवाएकी थिइन् । सपथ ग्रहण पश्चात २०२३ का अध्यक्षले अध्यक्षीय पिन बर्ष २०२४ का अध्यक्ष गायत्री फुयाललाई हस्तान्तरण गरेकी थिइन् ।
उक्त कार्यक्रम पोखरा जेसीज बर्ष २०२४ का महासचिव तिलक प्रसाद लामिछाने र पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सुनिता गौतमले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने स्वागत सृजना आलेले गरेकी थिइन् । जेसीज आस्थापाठ जेसी निश्चल खरेलले गरेका थिए भने । धन्यवाद ज्ञापन कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले गरेका थिए ।




Comments are closed.