काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४७औं वार्षिक साधारणसभा आज हुँदैछ ।
दिउँसो १ बजे, मल्हार हल, होटेल सोल्टी, ताहाचल, काठमाडौंमा साधारणसभाको बन्द सत्र सञ्चालन हुने महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
बन्द सत्र सम्पन्न भएपश्चत खुल्ला सत्र ४ः३० बजे सुरु हुनेछ ।
आज हुने साधारणसभाले नाडाको नयाँ नेतृत्वमा करण चौधरीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । सम्पूर्ण कार्यसमिति पनि निर्विरोध भइसकेको छ ।
Comments are closed.