नाडामा पदाधिकारी चयन तथा कार्यसमिति विस्तार

काठमाडौं ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आइतबार नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम  पदाधिकारीहरु निर्वाचित गरेको छ । निबर्तमान अध्यक्ष डा. ध्रुव थापा रहनेछन् । बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।

बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापा रहनेछन् ।

नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्य समितिमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको छ ।

You might also like

Comments are closed.