ट्रेडमल पछाडि वुद्ध मार्गमा खुल्यो सुविक्क्षा बुटिक कलेक्सन

आर्थिक आवाज
पोखरा, १३ वैशाख । फेसन बजारको पछिल्लो प्रविधिलाई आत्मसाथ गर्दै पोखराको ट्रेडमल पछाडि वुद्ध मार्गमा सुविक्क्षा बुटिक कलेक्सन संचालनमा आएको छ । संगीता परियारले संचालनमा ल्याएको सो बुटिकलाई आधुनिक, फेसनेवल र विवाहित महिलालाई लक्षित गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा महिला उद्यमी विन्दु कोइराला सुवेदीले बुटिकको उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै उनले महिला उद्यमी वढ्दा समग्र राष्ट्रको समृद्धि हुने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘महिला उद्यमी बढ्दा पुरुष प्रतिको परनिर्भरता कम हुने र त्यसले समग्र देशको आर्थिक उन्नतीमा पनि सकारात्मक भूमिका खेल्छ ।’

पोखरामा अझै पनि धेरै महिलाहरु घरका काममा मात्रै केन्द्रित हुने भएकाले केही क्षमता भएका र रुची भएका क्षेत्रमा काम गर्दा घरवाट बाहिर निस्कन सहयोग पुग्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै वविन टेलरिङका संचालक वविन वागदासले उद्यमशील बन्न चाहने जो कोही युवालाई पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘हामी रोजगारीका लागि विदेश भौतारिने गर्दछौंं । तर, हामी आफै भित्रको क्षमता पहिचान गर्न नसक्दा दुःख पाएका छौं । त्यसैले यहाँ उद्यमशील बन्न चाहनेहरुका लागि बबिनको जुनसुकै क्षेत्रको पनि सहयोग रहन्छ ।’

सुविक्क्षा बुटिकका लागि आवश्यक पर्ने सबै बुटिकका सामानहरु बबिनको कारखानमा निर्माण गरिने पनि उनले जानकारी दिए । उनले भने, ‘हाम्रोमा जे सामान पाइन्छ त्यहि सामान सुविक्क्षा बुटिकमा पनि पाइन्छ हामीहरु दुवैको निर्माण गर्ने कारखाना एउटै र कालिगड पनि एउटै हुन् ।’

सुविक्क्षा बुटिक कलेक्सनकी संचालिका संगीता परियारले आफूले जानको काम गर्न पाउदा निकै खुसी भएको धारणा राखिन् । उनले परिवारका तर्फबाट पनि सकारात्मक सहयोग भएकाले व्यवसायमा सफलता पाउने आशा व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो यो व्यवसायलाई सबैको सहयोग छ । त्यसैले मैले ग्राहकको चाहना पुरा गर्नमा कुनै समस्या हुँदैन ।’ उनका अनुसार सबै सिजनका सबै खालका महिलाका वुटिकका कपडाहरु समयमै उपलव्ध हुन्छ । विशेष गरी विवाहका समयमा प्रयोगमा आउने सबै खालका कपडाहरुलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.