काठमाडौं । जवनरी १२ २०२४ मा टेडएक्स सफ्टवेरिका कार्यक्रम हुने भएको छ । ‘अतीतलाई अगाल्नु र भविष्यलाई कल्पना गर्नु’ शिर्षकमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा खल्तीका सिइओ विनय खड्का, रिपोर्टस क्लवका संस्थापक ऋषि धमला, नविल बैंकका पुर्व सिइओ अनिलकेशरी शाह, हिभालयका संस्थापक प्रणयना केसी, ठमेल डटकम का को फाउण्डर बालकृष्ण जोशी, नेपाल टि कलेक्टिभका को फाउण्डर अमिगो खड्का, कोक्रोमाका संस्थापक रेवती गुरुङ, पिपुल फस्ट ट्रेनिङ एण्ड कन्सल्टेनिङका इच्छा मल्ल, आउट रिच नेपालका संस्थापक उज्य शाक्य लगायतका वक्ता सहभागि हुने छन् ।
कार्यक्रम आयोजक तथा संचालक स्वप्निल बिस्ट भन्छन् , ‘हामी यो कार्यक्रममा नेपालमा विचार, कल्पना, र सृष्टि गर्ने व्यक्तिहरूलाई मिलेर एकत्र आउने ठाउँ प्रदान गरेका छौं। हाम्रो लक्ष्य छ, यस ईइभेन्टमा आउने सबैले हाम्रा वक्ताहरु बाट केहि नया र अर्थादायिक सिकुन’
कार्यक्रमको टाइटल स्पोन्सरमा सफ्टेरिका कलेज अफ आइटी एण्ड इकमर्स, अगृनाइजिङ पार्टनरमा आइटी एण्ड इडिटोरियल क्लव अफ सफ्टवेरिका, होस्टिङ पार्टनरमा नेष्ट नेपाल बिजनेश सोलुसज्ट प्रा.लि र मार्केटि ण् पार्टनरमा ट्र्याफिक डिजिटल एजेन्सी प्रा.लि रहेका छन् ।




Comments are closed.