‘अमेरिका-क्यानडा एड्मिसन डे’ आयोजना गर्दै रोयल एजुकेसनल फाउन्डेसन

काठमाडौं । रोयल एजुकेसनल फाउन्डेसनले माघ १२ गते शुक्रबार ‘अमेरिका–क्यानाडा एड्मिसन डे’ कार्यक्रम गर्ने भएको छ । नयाँ बानेश्वरस्थित मुख्य कार्यालय परिसरमा एड्मिसन डे हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानाडा जान चाहने विद्यार्थीलाई लक्षित गरी एड्मिसन डे कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

उक्त अवसरमा अमेरिका र क्यानाडाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।

अमेरिका र क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीले बुझ्नै पर्ने जानकारीहरु कार्यक्रमबाट प्राप्त हुनेछ । कार्यक्रमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म चल्नेछ ।

You might also like

Comments are closed.