गरिमा विकास बैंकको शाखा सुर्यविनायकमा

काठमाडौं, १७ बैशाख

गरिमा विकास बैंकले सोमबार भक्तपुर सुर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को तेश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ ।उक्त अवधि सम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.