पोखरा २० मा महिलालाई लक्षित गरी व्यवसायीक सिलार्ई तालिम

पोखरा १७ वैशाख ।

पोखरा महानगरपालिका वडा नम्बर २० मा अति विपन्न र दलित महिलालाई लक्षित गरी व्यवशायीक सिलाई तालिम सुरु गरिएको छ । साविकको मौजा गाविस बसोवास गर्ने अति विपन्न र दलित महिलाहरुलाई ब्यवसायीक सीप सिकाउने उद्देश्यले वडा नम्बर २० को सहयोगमा व्यवसायीक सिलाई तालिम शुरु गरिएको हो ।

उक्त गाउँमा रहेका २५ जना दलित दिदीबहिनीहरुलाई ३ महिने तालिम गत वैशाख ५ गते देखी शुरु गरिएको हो । वैशाख ५ देखी शुरु भएको तालिमको सोमबार पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले अवलोकन संगै उद्घाटन गरिन् । तालिमको उद्घाटन गर्दै उपमेयर गुरुङले वडा नम्बर २० मा दलित र अति विपन्न महिलाहरुलाई लक्षित गरी प्रदान गर्न लागिएको व्यवसायीक सिलाई तालिमले महिलाहरुको आर्थिक स्तरलाई माथी उठाउन महत्वपूर्ण भुमिका खेल्ने वताइन् ।

उपमेयर गुरुङले उपमेयर संग महिला कार्यक्रम पनि यस्तै विपन्न र शिक्षाको पहुचबाट टाढा रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिरहेका सन्दर्भमा वडा नम्बर २० मा शुरु भएको कार्यक्रमले पनि साविकको मौजा भेगमा बसोबास गर्ने दलित महिला दिदीबहिनीहरुको आर्थिक स्तर उच्च गर्नमा सहयोग पुग्ने वताउदै तालिममा सहभागी भएर तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न समेत आग्रह गरिन । आगामी दिनमा यस्ता तालिमलाई अन्य महिला दिदीबहिनीहरुलाई समेत समाहित गर्ने गुरुङको भनाइ थियो ।

सो अवसरमा वोल्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका अधिकृत मोहराज बरालले तीन महिने तालिममा सिकेका कुरालाई ब्यवशायमा बदल्न तालिममा सहभागीहरुलाई आग्रह गर्दैै तीन महिने तालिम पश्चात पनि आवश्यक परेको खण्डमा वडा संग समन्वय गरी अन्य तालिमहरु प्रदान गर्न आफुहरु तयार रहेको वताए ।

सामुदायिक सिकाइ केन्द्र भलामका कृष्ण प्रसाद पौडेलले महिला दिदी बहिनीहरुले घरमै बसेर पनि तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सक्नुपर्ने वताए । त्यस्तै वडा सदस्य भीम प्रसाद बास्तोलाले तालिममा सिकेका कुरालाई भुल्ने नभइ ब्यवहारमा उतारेर घरायसी काम संगै ब्यवशायी बन्न महिला दिदी बहिनीहरुलाई आग्रह गरे । त्यस्तै नेपाली कांग्रेस वडा नम्वर २० का सभापति तिल बहादुर गुरुङले तालिमबाट सर्टिफिकेट लिने मात्र नभइ ब्यवहारमा उतार्दै ब्यवसायी बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

सो अवसरमा वोल्दै तालिमका संयोजक लक्ष्मी सुवेदीले पोखरा महानगर वडा नम्बर २० मा अति विपन्न महिला र दलित गरी ५० जनालाई व्यशायीक सिलाई तालिम प्रदान गरिएको वताइन् । वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले वडा भित्र रहेका अति विपन्न र दलित महिला दिदी बहिनीहरुलाई पहिलो चरणमा ५० जनालाई ब्यवशायीक सिलाई तालिम प्रदान गरिएको भएतापनि आगामी दिनमा अन्य दिदी बहिनीहरुलाई समेत ब्यवशायीक तालिम प्रदान गरी घरमै बसेर स्वरोजगार बन्ने मौका वडाले प्रदान गर्ने वताए । महानगरको कर्णाली बस्तीको रुपमा रहेको साविकको मौजा अहिले पनि बिकासका हरेक कुराबाट पछाडी रहेको वताउदै आगामी दिनमा महानगर संग सहकार्य गरी बिकासका कामहरुलाई अगाडी वढाउने अध्यक्ष गुरुङको भनाइ थियो ।

शिवालय वचत तथा ऋण सहकारी संस्था मौजा र घरेलु तथा साना उद्योग कार्यालय कास्कीको सहयोगमा कास्कीको मौजामा हालै ब्यवशायीक तालिम शुरु भएको छ भने भलाममा तालिम समापन भइसकेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.