काठमाडौं । इन्ड्राइभ, ४६ देशहरूमा सञ्चालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ ।
डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहन सफल भएको हो । यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरी सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रुपमा ¥यांक गर्न सफल भएको छ ।
गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।
इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरुमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरु पनि थप्दै विस्तार भइरहेको छ ।
नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरुमध्ये एक हुन सफल भएको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरुमा आफ्नो सेवाहरु सुरु गरेको थियो ।
आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरुका लागि किफायती आवतजावतको विकल्प र चालकहरुका लागि उचित आम्दानीका अवसरहरु सिर्जना गर्न मद्दत गर्दै विश्वव्यापी रुपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध छ ।
कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरुमा विद्युतीय सवारी साधनहरु थप्न थालेको छ । इन्ड्राइभले विश्वव्यापी रुपमा सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एपको रुपमा आफ्नो स्थान कायम राखेको इन्ड्राइभका संस्थापक एवम् सीईओ आर्सेन टम्स्कीले बताए ।
“इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरु उपलब्ध गराउन, अर्थपूर्ण आम्दानीका अवसरहरु सिर्जना गर्न प्रतिबद्ध छौँ” उनले भने, “हामीले यो कोसेढुङ्गा मनाईरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ” उनले भने ।
डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरुमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो । थप जानकारीका लागि www.inDrive.com मा क्लिक गरेर हेर्न सकिन्छ ।






Comments are closed.