रामपुर (पाल्पा) । रामतुुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा निर्माण भएको अत्याधुनिक प्रविधिको सुबिधा सम्पन्न आईसिटी ल्यावको उद्घाटन गरिदैछ ।
भोली माघ २२ गते सोमवार विद्यालयमा निर्मित ल्यावको उद्घाटन गर्ने कार्यक्रमको तयारी भइरहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।
गतवर्ष विद्यार्थीमाझ सर्वेक्षण गरी योजना बनाएर ल्याव निर्माण गरिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय र आईएसिई कोरियाको साझेदारीमा ल्याव निर्माण गरिएको छ ।
नमुुना विद्यालयको रुपमा रहेको यस विद्यालयमा निर्मित ल्यावमा विद्यार्र्थीलाई कम्प्युटर तथा ट्याबमा पढ्ने व्यवस्था तथा विभिन्न प्रविधि जडान गरेर सिकाई सिक्ने व्यवस्था लागायतको सुबिधा रहेको प्रधानाध्यापक लम्साल बताउँछन् ।
नेपालका पाल्पा रामपुर नगरपालिका ५ स्थित रामतुलसी नमुना मावि र बाग्लुुङ जिल्लाको ताराखोलामा अवस्थित श्री नेपाल सेकेण्डरी विद्यालय सिफारिस भएर अत्याधुनिक सुबिधा सम्पन्न ल्याव निर्माण कार्य भएको छ ।
नेपालभित्रका तीनवटा विद्यालय छनौटमध्ये रामतुुलसी नमुना मावि र नेपाल सेकेण्डरी विद्यालयमा अत्याधुनिक आईसिटी निर्माणका लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरी ल्याव निर्माणको काम भएको हो । करिव डेढ करोडको लागतमा ल्याव निर्माणका लागि वजेट विनियोजन भई काम भएको बताइएको छ ।
Comments are closed.