शिक्षामा गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताएकीछिन् ।

सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताइन् ।

‘महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएकैछ, उनले भनिन्,‘जनप्रतिनिधिहरु विद्यार्थीसँग समस्याबारे प्रत्यक्ष साक्षत्कार गर्नेछौ । घोकन्ते विद्यालाई हटाउन व्यावहारिक शिक्षालाई जोड दिएका हौँ । यो कार्यान्वनको चरणमा छ ।’

प्रमुख दाहालले भरतपुरका विद्यालयको भौतिक पूर्वाधार निर्माणको कार्य करिव करिव सकिएकाले अब रचनात्मक कार्यमा विद्यार्थीलाई प्रेरित गरेको धारणा राखिन् ।

शुक्रबारका दिन विद्यालयमा अध्ययन बाहेक हाजिरीजवाफ प्रतियोगिता, वतृत्वकला, सरसफाई लगायतका अन्य गतिविधि गर्न ‘बुक फ्रि’ बनाइएको जानकारी दिइन् । प्रमुख दाहालले ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम भरतपुरका सबै विद्यालयमा सञ्चालन हुनेपनि स्पष्ट पारिन् ।

‘भरतपुर २७ को जानकी माविबाट कार्यक्रमको शुभारम्भ गरेका छौ,उनले भनिन् ‘अब क्रमैसँग महानगरका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरु विद्यालय पुग्ने तालिका छ । विद्यार्थीका समस्या सुनेर तत्काल समधान खोज्ने काम पनि हुन्छ ।’
विद्यार्थीलाई पढाई बाहेक अन्य गतिविधिमा पनि अघि बढाउन विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग हुन लागेको उनले बताइन् ।
भरतपुरको खेलकुद विकासका लागि यहाँकै खेलाडीको मुख्य भूमिका हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न यो लिगले महत्वपूर्ण हुने प्रमुख दाहालको भनाइ छ ।


लिगमा भरतपुरका सामुदायिक तथा निजी विद्यालयको २० टिमको सहभागिता रहनेछ । ३ महिनासम्म चल्ने लिगले लुकेका प्रतिभालाई उजागर गर्ने अपेक्षा लिइएको छ । यही माघ २६ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल विद्यार्थीका लागि तालिम पनि हुने बताइएको छ ।

 

You might also like

Comments are closed.

Secret Link