मातृभूमी सहकारीको सहयोगमा सरस्वती आधारभुतका विद्यार्थीलाई पोशाक

पोखरा । मातृभूमी वचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८, कास्कीले विद्यार्थीलाई पोशाक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सहकारीले आफ्नो १४ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका वडानं. ६, चवादीस्थित सरस्वती आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक तथा खेलकुद सामग्री वितरण गरेको हो ।

प्रमुख अतिथि ऋषिङ गाउँपालिकाका वडाध्यक्ष भक्तबहादुर आलेले विद्यालयमा अध्ययनरत विद्यार्थीको उत्प्रेरणा जगाउने यस किसिमका गतिविधिको निरन्तर अपेक्षा गरेको बताए । गाउँमा विकास बढ्दै जाने गाउँका स्थानीय सबै शहरमुखी हुने तथा आफ्नो जन्मभूमिलाई बिर्सदै जाने हो भने राज्यको लगानीलाई सदुपयोग गर्न नसकिने बताउँदै प्रमुुख अतिथि आलेले गाउँको उत्पादन र जनसंख्या घट्दै जाने प्रवृत्तिले यहाँको जनताप्रति निराशा बढेको हुदा यसले पछि देशलाई नराम्रो दुर्घटनातिर लैजाने हो की भन्ने आशंका व्यक्त गरे ।

संस्थाका सल्लाहकार तथा कास्की बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष ईश्वरप्रसाद सुबेदीले सहकारी मार्फत सानोसानो पुँजी सङ्कलन गरी त्यसबाट आएको प्रतिफलले तिनै सदस्यको स्तर बृद्धिका लागि प्रतिफल देखिने गरी लगानी गर्नु सहकारीको मूल मर्म भएको बताए ।

सहकारीका लेखा सुपरिवेक्षण समितिका पूर्व संयोजक तथा युवा नेता ओमराज आले “मदन”ले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल नआउनु दुःखद् रहेको बताए ।  उपाध्यक्ष शिवराज पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै विद्यार्थीलाई शैक्षिक उत्प्रेरणा जगाउनु र सहकारीको मूल मर्मलाई समाजसम्म फैलाउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

कक्षा ७ मा अध्ययनरत विद्यार्थी रुपा रानाभाटले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाभाट, ज्वालादेवी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष भक्तबहादुर रानाभाट लगायतले शुभकामना दिएका छन् । संस्थाका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बलराम गिरीले गरेका हुन् ।

स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र पिछडीएका क्षेत्रका विद्यालय र अनाथ आश्रममा सहयोग गर्ने नीति अनुसार विगत ४ वर्षदेखि विभिन्न विद्यालयमा सहयोग गर्दै आइरहेको छ । सहकारीमा हाल ७९१ जना शेयर सदस्य आबद्ध छन् ।

You might also like

Comments are closed.