काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गत विभिन्न समितिहरुलाई पूर्णता दिइएको छ । आइतबार संघका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम, तालिम तथा प्रशिक्षण समिति, आयात निर्यात समिति, नीति तथा कानुन अध्ययन सुझाव समिति, रोजगारदाता समिति र सामाजिक समितिलाई पूर्णता दिएका हुन् ।
कार्यक्रम, तालिम तथा प्रशिक्षण समितिको सभापतिमा संघका कार्यसमिति सदस्य एवं नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदिश श्रेष्ठ छन् भने आयात निर्यात समितिका सभापतिमा संघका कार्यसमिति सदस्य कुशन प्रधान छन् । नीति तथा कानुन अध्ययन सुझाव समितिको सभापतिमा संघका कार्यसमिति सदस्य शिशीर बहादुर गौतम, रोजगारदाता समितिका सभापतिमा सागर शाक्य र सामाजिक समितिका सभापतिमा दीपक भण्डारी छन् ।
त्यस्तै कार्यक्रम, तालिम तथा प्रशिक्षण समिति सदस्यमा राज मान डंगोल, मिना गोपाली, दीपेन्द्र थापा, विकल्प राज पोखरेल, मनोज धिमाल र पर्वत श्रेष्ठ मनोनीत भएका छन् ।
आयात निर्यात समितिको सदस्यमा, केशव प्रसाद मैनाली, सन्तोष पोखरल, ऋषि कुमार अग्रवाल, दिवेश कुमार जैन, मिलन शिवाकोटी, अवानिश प्रधानङ्ग, मनमोहन सिंग मल्ल, अनुप मानन्धर मनोनीत भएका हुन् ।
नीति तथा कानुन अध्ययन सुझाव समिति सदस्यहरुमा, बोलाराम पाण्डे, दामोदर तिमल्सिना, उपेन्द्रराज पाण्डे, स्थीर बुढाथोकी, अशोक कुमार कँडेल मनोनीत भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, रोजगारदाता समिति सदस्यहरुमा राम कुमार पण्डित, बादल ढकाल, योगेन्द्र पाण्डे, केदारनाथ कट्टेल, सरल प्रधान, नितिमा भण्डारी कार्की, रिभा शाह, प्रवल चित्राकार मनोनीत भए ।
सामाजिक समितिको सदस्यहरुमा मिलन पन्त, जानकी थापा मगर, विनोद तामाङ, शैलेन्द्र न्यौपाने, गौरव देवकोटा, विष्णु बाबु पन्त, सरोज पाण्डे, आकाश भण्डारी मनोनीत भएका छन् । मनोनीत सम्पूर्णलाई मनोनयन पत्रसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ ।

उक्त अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले मनोनीत सम्पूर्णलाई बधाई ज्ञापन गर्दै आआफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।






Comments are closed.