सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एम.डी.आर.टी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, ल्यान्डमार्क होटलमा ‘एम.डी.आर.टी., २०२४‘ (मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता तथा खानपिन सुधार लगायतका विषयलाई लक्षित गरी कार्यक्रम गरिएको हो । कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्द थिए । उनी मनोक्रान्ति संस्थाका संस्थापक समेत हुन् । संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्ने उनले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर; महजोडी हरिकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सकारात्मक सोचका साथ आफ्नो काममा दत्तचित्त भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा, सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु (१९ जना एम.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टि. क्वालिफायरलाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानसमेत गरिएको छ ।

कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए ।

 

 

You might also like

Comments are closed.