पोखरा । वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम भएको छ ।
रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको छ ।
साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए ।
गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए ।
रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा जानकारी गराउँदै मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए ।
प्रधानाध्यापक वसन्तराज पाण्डेले सहयोगप्रति धन्यवाद दिदै २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी अध्ययनरत, शिक्षक कर्मचारी २७ जना कार्यरत, कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा सङ्काय विषय पठनपाठन भइरहेको जानकारी दिए ।
शिक्षासेवी विकल शेरचन, विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको सहभागीतामा कार्यक्रम भएको हो ।
Comments are closed.