गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंक लि.ले ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको चावहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीलाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीको उपस्थिति थियो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम छन् ।

You might also like

Comments are closed.