काठमाडौं । काठमाडौं ५ हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलका विद्यार्थीले भृकुटीमण्डपमा विहिवारदेखि सुरु भएको २५औँ फ्लोरा एक्स्पो (पुष्प मेला) २०८० को अवलोकन गरेका छन् ।
कक्षा १ देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मेलाको अवलोकन गरेका छन् । मेलामा विद्यार्थीले विभिन्न जातका बोटबिरुवा एवं फूलको बारेमा जानकारी लिएको शिक्षक सबिता केसीले बताइन् ।
फूललाई आकर्षक रुपमा सजाएको देख्दा खुसी लागेको कक्षा ७ मा अध्ययनरत छात्रा दिव्या बोहोराले बताइन् । सैद्धान्तिक ज्ञान सीप मात्र नभई बेला–बेलामा विभिन्न स्थलगत शैक्षिक अवलोकन अध्ययनले धेरै कुरा सिक्ने अवसर मिलेको कक्षा ४ मा अध्ययनरत छात्र दिक्षान्त यादव बताउँछन् ।
विद्यालयले पहिलो प्राथमिकता विद्यार्थीलाई दिएर सैद्धान्तिक ज्ञान सीपका अलवा विभिन्न प्रयोगात्मक ज्ञान तथा शैक्षिक अध्ययन अवलोकन भ्रमण गराइरहेको शिक्षक उर्मिला काफ्ले बताउँछिन् ।
स्थलगत रुपमा गराइएको अध्ययन अवलोकनले विद्यार्थीले छिटो सिकाई सिक्ने र सिकेका कुरा सम्झिहने भएकाले बेला–बेलामा स्थलगत अध्ययन अवलोकन गराउने गरेको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रल्हाद दाहालले बताए ।
बालबालिकालाई यस्ता किसिमका अवलोकन भ्रमण अत्यन्तै आवश्यक हुन्छ । अभिभावक र शिक्षकले सिकाई कितावी ज्ञानमात्र हो भन्ने कुरा बmुझ्न भएन । प्रयोगात्मक तथा शिक्षणसंग सम्बन्धित विभिन्न अध्ययन अवलोकन भ्रमणले धेरै कुराको ज्ञान सिक्न सकिन्छ ।
Comments are closed.